मगर सेवा समाज माझखर्कलाई खुल्ला धनुषवाणको उपाधि, दुर्गबहादुरलाई एकलतर्फको उपाधि
बाग्लुङ | फागुन १३, २०८१
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवसको अवसरमा आयोजित खुल्ला धनुषवाण प्रतियोगिताको उपाधि मगर सेवा समाज माझखर्कले जितेको छ ।
४३ औं मगर दिवसको अवसरमा मगर सेवा समाज माझखर्कले आयोजना गरेको खुल्ला धनुषवाण प्रतियोगितामा ६ िटमलाई पछि पार्दै आयोजक समेत रहेको मगर सेवा समाज माझखर्कले उपाधि जितेको हो ।
यस्तै प्रतियोगितामा सयपत्री हाइड्रोपावर दोस्रो र होली पूर्णिमा युवा क्लब ताराखोला तेस्रो भए । प्रतियोगितामा प्रथम भएको मगर सेवा समाज माझखर्कले १५ हजार, उपविजेता भएको सयपत्री हाइड्रोपावरले १० हजार र तृतीय भएको होली पूर्णिमा युवा क्लबले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै खुल्ला धनुषवाण प्रतियोगिता एकलतर्फ सयपत्री हाइड्रोपावरका दुर्ग बहादुर घर्तीमगरले उपाधि जिते । उपाधि जितेका घर्तीमगरले १० हजार हात पारे । यस्तै मगर सेवा समाज माझखर्कका खर्कबहादुर घर्ती मगरले द्धितिय हुर्दै ६ हजार र होली पूर्णिमा युवा क्लबका प्रदीप घर्ती मगर तृतीय हुँदै ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
४३ औं मगर सेवा समाज माझखर्कको आयोजनामा गरिएको विविध कार्यक्रम मध्य आजदेखि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको भलिबल प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए ।
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार र तृतीय हुने टिम १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ ।
मगर सेवा समाज माझखर्कले आयोजना गरेको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

